३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

वर्षौदेखि ‘बत्ति मुनिको अध्यारोँ’ बन्दै आएको बुटवल वडा १२ को ज्यामिरेमा जब बिजुली बल्यो (भिडियो सहित)



बुटवल । वर्षौदेखि ‘बत्ति मुनिको अध्यारोँ’ बन्दै आएको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को ज्यामिरे गाउँमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाको पहलमा गाउँमा विद्युत लाइन बिस्तार गरी मंगलबारदेख बत्ति बल्न सुरु भएको हो ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल उपमहानगरको तामनगरदेखि ५ किलोमिटर उत्तरतर्फ जंगलको बीचमा रहेको ज्यामिरे गाउँमा बिजुली बत्ति पुगेपछि स्थानीय ४६ वर्षीया सुमित्रा गाहाले खुसी व्यक्त गरिन् । सानो बस्ती, जंगलले घेरिएको ठाउँ सधै अध्यारोँमा बस्नुपर्दा जंगली जनावरबाट आक्रमण हुने डर उत्तिकै हुन्थ्यो भने बालबालिकाहरुलाई साझ-बिहान पढ्नका लागि पनि समस्या, गाउँको दैनिकीनै अन्धकारमा बित्दै आएको अनुभव सुनाइन् उनले । गाउँमा बत्ति पुगेपछि अब दैनिक काम काजमा सहयोग पुग्ने छ भने गाउँनै उज्यालो हुने बताउँदै खुसी व्यक्त गरिन् ।

गाउँमा बिजुली बत्ती नहुँदा त्यहाँका स्थानीय मोबाइल फोनको ब्याट्री चार्ज गर्नका लागि मात्रै डेढ घण्टा लामो समय पैदल यात्रा गरेर तामनगर बजारमा आउनु पर्ने बाध्यता रहेको थियो । बिजुली घरमै पुगेपछि अब उक्त समस्या पनि अन्त्य भएको बताउँदै स्थानीय नन्दबहादुर गाहाले खुसी व्यक्त गरे ।

‘पहिला हामीलाई धेरै समस्या थियो, मोबाइल चार्ज गर्न पनि दिन बिताएर बजार बस्नुपथ्र्यो । अब घरमै मोबाइल चार्ज गर्न पाइने भयो ।’-‘नन्दबहादुरले भने, विजुली बत्ती गाउँमा आएपनि अब कुखुरा पालन, खेती किसानी सबैका लागि सहज हुने भयो । जे होस गाउँमा नसोचेको बिकास भयो ।’

गउँमा बत्ती ल्याउन भूमिका खेलेको भन्दै उनले उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई समेत सम्झिए । रुपन्देही क्षेत्र नम्बर २ का जनप्रतिनिधि समेत रहेका पौडेल समक्ष आफूहरुले गुनासो सुनाएपछि चासोका साथ आफ्नो मागलाई सम्बोधन गरिएको भन्दै उनले सरकारको अनुभूति बल्ल गर्न पाइएको उल्लेख गरे ।

स्थानीय सुमित्रा गाहाको घरमा बत्ती बालेर उज्यालो जामिरे घोषणा गर्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाका प्रमुख कपिलराज पाण्डेयले अब रुपन्देहीमा कुनै पनि गाउँ विद्युत सेवाबाट बञ्चित नभएको उल्लेख गरे । ज्यामिरेका ६ वटा घरमा बत्ती बालिएको बताउँदै उनले प्राधिकरणको ४० लाख बढी लागतमा विद्युतीकरण भएको उल्लेख गरे ।

८६ वटा विद्युत पोलमार्फत गाउँमा बिजुली पुर्याउने काम भएको नेपाल विद्युत प्राधिकरण बुटवल वितरण कर्मचारी प्रकाश भुषालले जानकारी दिए । उनले यसका लागि निर्माण कम्पनीले समेत समयमै काम सम्पन्न गरेर साथ दिएको उल्लेख गरे ।

निर्माण कम्पनी सुष्मा एण्ड सृष्टी कम्पनीका सञ्चालक लेखबहादुर कार्कीले व्यवसायीक घाटा-नाफाको कुरा भन्दा पनि गाउँमा पहिलो पटक बत्ती बाल्न पाउनुनै खुसीको कुरा भएको उल्लेख गरे । ५ किलोमिटर लामो जंगल हुँदै प्रशारण लाइन बिस्तार निकै चुनौतिपूर्ण भए पनि काम सुरु गरेको करिब २ महिना भित्र बत्ती बाल्न सफल भएको उनले जानकारी दिए ।

ज्यामिरेमा बत्ती पुर्याउनका लागि सक्रिय रुपमा लागेका तामनगर राजपुत खानेपानी संस्थाका अध्यक्ष धनबहादुर राहादीले अब गाउँमा बिजुलीको प्रयोग गरी पेशा व्यवसाय गरी आर्थिक क्रियाकलापमा लाग्न सहज हुने उल्लेख गरे ।

तामनगर निवासी उनले ज्यामिरेलाई आफ्नै गाउँ र आफ्नै उपभोक्ता सम्झिएर सिञ्चाई, खानेपानी लगायतका काममा समेत खानेपानी संस्थाबाट सहयोग गर्दै आएको जानकारी दिए । विद्युतसँगै गाउँमा पुग्ने सडक पूर्वाधार नहुँदा गाउँमा युवाहरु नबसेर सुनसान हुँदै गएको ज्यामिरे अब व्यवस्थित बन्दै जाने उनले अपेक्षा गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ६ : ३६ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम