२० मंसिर २०८२, शनिबार | December 6, 2025

चीन, पाकिस्तान, अफगानिस्तानबीच बीआरआई योजनामा त्रिपक्षीय सहमति



बेइजिङ । पाकिस्तान र अफगानिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) अफगानिस्तानसम्म विस्तार गर्न सहमति जनाएका छन् ।

इस्लामावादको विदेश कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि सीपीईसी सम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री/परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठक पछि गरिएको हो।

दार बेइजिङको तीन दिने भ्रमणमा छन्, जुन भारत र पाकिस्तानबीच भएको छोटो समयको युद्धपछिको पहिलो उच्चस्तरीय वार्ता हो। बैठकपछि ‘एक्स’ मा एक पोस्टमार्फत दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासको लागि एकसाथ खडा छन्।’

उनले तीन नेता सँगैको तस्विर पनि सेयर गरेका छन् । ‘हामीहरू कूटनीतिक संलग्नता अभिवृद्धि गर्न, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

अगाडि भनिएको छ, ‘उनी (चीन र अफगानिस्तानसमेत) ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउन र चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन,’ बिज्ञप्तिमा अगाडिभनिएको छ । तर, भारतले भने पाकिस्तान प्रशासित कश्मीर हुँदै बनिरहेको ६० अर्ब अमेरिकी डलरको सो निर्माणको विरोध गर्दैआएको छ ।

साथै, विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै नै आपासी सुविधाजनक मितिमा काबुलमा हुने सहमति भएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  १० : ०७ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको