१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

चार सय तीस पर्यटकले अवलोकन गरे बाँके निकुञ्ज



बाँके । बाँके राष्ट्रिय निकुञ्जमा चार सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन र वन्यजन्तुको दृश्यावलोकन गरेका छन् ।

निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास कार्यक्रममार्फत गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी चार सय ३० जनाले निकुञ्ज अवलोकन तथा दृश्यावलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मन्दीप पङ्गेनीले जानकारी दिए । यी पर्यटकमध्ये सबैभन्दा बढी मङ्सिरमा ८२ र सबैभन्दा कम साउनमा १२ जना यहाँ आएका छन् । ती पर्यटकमध्ये विदेशी पर्यटक अर्थात् सार्क राष्ट्रका २१ जना मात्र पर्यटक रहेका छन् ।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बाघ संरक्षणमा सफलता हासिल गरे पनि पर्यापर्यटनको विकास हुन नसकेको बताए । निकुञ्जले दुई सय किलोमिटर वन पथ निर्माण, घाँसेमैदान र कृत्रिम पानी पोखरीको व्यवस्थासँगै आहारा प्रजातिको सङ्ख्या वृद्धि गरेको उनको भनाइ छ । मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन होमस्टे तथा होटल व्यवसायीले जोड दिनुपर्ने भन्दै कँडेलले पर्यटकको सहजताका लागि व्यवसायीले सफारीको प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।

हाल बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बयस्क बाघ रहेका छन् ।

निकुञ्ज प्रमुख कँडेलले यहाँ अन्य संरक्षित क्षेत्रहरूमा नपाइने लोपोन्मुख वन्यजन्तु चौका पनि धेरै सङ्ख्यामा देखिन थालेका छन् । यस्तै, स्तनधारी वन्यजन्तु ३४, चरा २७६ , सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी चार सय २२ प्रजाति रहेका छन् । निकुञ्ज संरक्षणमा अवैध चोरी सिकार, मानव-वन्यजन्तुबीचको द्वन्द्व, वन डढेलो, अतिक्रमण, मिचाहा प्रजातिको विस्तार, अव्यवस्थित पूर्वाधार, सीमित उद्धार क्षमतालगायत चुनौती रहेको प्रमुख कँडेलको भनाइ छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ५ : ५३ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा