१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु



गाजा । गाजामा शरणार्थीहरु बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “विद्यालयमा भएको आक्रमणमा कम्तिमा ३३ जना मारिएका र उनीहरुमध्ये अधिकांश बालबालिका भएको बताउनुभएको छ ।”

उनका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल-जरजावी स्कूल’मा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएका छन् ।

त्यसैगरी, उत्तरी गाजा पट्टीको जबालिया शहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी आज बिहान लडाकू विमानले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बासलले बताए ।

इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा दशौं हजार पूर्व सैनिक तथा सुरक्षकर्मीलाई सक्रिय बनाएको छ।

गाजा पट्टीमा लगभग तीन महिनाको मानवीय आपूर्तिको नाकाबन्दीपछि हिंसाको तीव्रताले इजरायलविरूद्ध अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको छ ।

गत हप्ता म्याड्रिडमा विश्वका नेताहरूले युद्धको अन्त्यका लागि आह्वान गरेका थिए भने मानवीय संस्थाहरूले उपलब्ध सहयताले गाजामा भोक र स्वास्थ्यको सङ्कट रोक्न पर्याप्त नभएको बताएका छन् ।

इजरायली सेनाले ‘फाहमी अल-जरजावी’ स्कूलमा हमास र इस्लामिक जिहादको कमान्ड र नियन्त्रणको केन्द्रभित्र काम गर्ने प्रमुख आतङ्ककारीहरूलाई आक्रमण गरेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभियानमा इजरायललाई गरेको समर्थन सकेसम्म चाँडो रोक्ने बताएका छन ।

यस्तै अरब र युरोपेली राष्ट्रहरूलाई द्वन्द्वको अन्त्यका लागि स्पेनका विदेश मन्त्री जोसे म्यानुएल अल्बारेजले इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन आह्वान गरेका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ५ : ३४ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको