१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बागलुङको जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती



बागलुङ । बागलुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुश्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ । हाल जिल्लाका बजारमा यही क्षेत्रको अधिकांश केरा आउने गरेको छ ।

नगरपालिकाले कुश्मिसेरा क्षेत्रलाई केराको हब बनाउने उद्देश्यसहित बाँझो जग्गा उपयोगको नीति लिएको छ । त्यसका लागि चालु आर्थिक वर्षमा ‘सेरा जाउँ, केरा खाउँ’ नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । उक्त कार्यक्रममार्फत रु १२ लाख लागतमा १४० रोपनी जग्गामा तीन हजार पाँच सय केराका बिरुवा लगाउने लक्ष्य छ । सोअनुसार ७० प्रतिशत प्रगति भइसकेको वडा नं १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए।

हाल वडा नं १ कुश्मिसेराको १४० रोपनी जग्गामा केराखेती विस्तारको काम भइरहेको छ । कुश्मिसेरामा उत्पादन हुँदै आएका स्थानीय जातको केरालाई नगरपालिकाले केरा पकेट क्षेत्रको रूपमा विकास गरेको वडाध्यक्ष आचार्यले बताए ।

कुश्मिसेराको फलाटे, भडारे र बिनामारेको केही स्थानमा धमाधम केराखेती विस्तार भइरहेको छ । वडाध्यक्ष आचार्यले भने,“पछिल्लो समय केराबाट यहाँका किसानले लाभ उठाउँदै आएका छन् । नगरपालिकाले यसमा प्रोत्साहन गर्दा बाँझो जग्गा सदुपयोग भएको छ । आगमी दिनमा केरा विस्तारको कार्यक्रम निरन्तर सञ्चालन गरिने छ । धेरै मेहिनत गर्न नपर्ने तर नगद आम्दानी हुने भएकाले पनि यहाँका किसान यसतर्फ आकर्षित भइरहेका छन् । आर्थिक उपार्जन पनि राम्रै छ ।”

स्थानीय मतिप्रसाद शर्माले यहाँ किसानले केराखेतीबाट वार्षिक लाखौं रकम भित्र्याउँदै आएको बताए। काँचो केरालाई होलसेलमा प्रतिदर्जन रु ७० मा बिक्री भइरहेको उनले जानकारी दिए। पाँच रोपनी जग्गामा केराखेती गर्दै आएका शर्माले केरा पकटे क्षेत्र विस्तारअन्तर्गत तीन रोपनी जग्गामा केराखेती विस्तार गरिएको बताए । “फलाटे कृषक समूहअन्तर्गत अन्य किसानलाई केरा विस्तारमा सघाउँदै आएको छु । रु १२ लाख बजेटबाट बिरुवा खरिद, खाल्टो खन्न र बिरुवा लगाउन ५० प्रतिशत सुविधा किसानलाई दिइएको छ । एउटा खाल्टो तयार गर्न रु एक सय ५०, बिरुवा खरिद गर्न रु ३० र रोप्न रु ३० निर्धारण गरिएको छ”, शर्माले भने।

यस्तै, सिँचाइ पूर्वाधारका लागि फलाटे कृषि समूहले ८५ प्रतिशत अनुदानमा सिँचाइको व्यवस्था मिलाएको छ । स्थानीय जातको केराखेती विस्तार र सिँचाइ पूर्वाधारमा नगरपालिकाको रु १२ लाख लगानी भए पनि किसानको श्रमदान जोड्दा रु १८ लाख पुगेको नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए। फलाटे, भडारा र साना किसान समूहमा विमानमारे एक सय ४० रोपनी क्षेत्रफलमा बाँझो जग्गा सदुपयोग गरेर केराखेती विस्तार भइरहेको उनले बताए।

“केराखेती विस्तार गर्नेमा पहिलो चरणमा ५० भन्दा बढी किसान रहेका छन् । भाडारा, फलाटे, बिनामारे, वडारे, टार, टुनीवोट, खौरीकेस, मिरिघार र खौलालगायत गाउँमा खेराखेती विस्तार गरिएको छ”, सापकोटाले भने,“समुन्द्री सतहबाट छ सय मिटर मात्रै उचाइ रहेकाले जैमिनीघाट र कुश्मीसेरामा केराखेतीका लागि उपयुक्त हावापानी छ । वडा नं १ का एक हजारभन्दा बढी किसानले व्यावसायिक केराखेती गरेका छन् ।”

यहाँका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केराको व्यावसायिक उत्पादन गरिरहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ५ : १४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण