२ पुस २०८२, बुधबार | December 17, 2025

सङ्गठन सुदृढीकरणका लागि अखिल (क्रान्तिकारी)को तीनमहिने अभियान सुरु



काठमाडौं । माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सङ्गठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी भदौ २५ गतेसम्म चल्नेछ ।

आधारभूत तहभन्दा माथिका सबै शिक्षण संस्थामा सङ्गठन निर्माण र सदस्यता वितरण गर्ने अभियानको उद्देश्य रहेको अखिल ९क्रान्तिकारी० का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए ।

अभियानका क्रममा एक एकाइ एक प्रशिक्षण, जनपरिचालन, प्रत्येक सदस्य सङ्गठित सदस्य र हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालयलगायत कार्यक्रम सञ्चालन गरिनेछ । अभियान अवधिभर नयाँ सदस्यता र नवीकरणसहित पाँच लाख सदस्यता वितरण गर्ने उद्देश्य रहेको उपाध्यक्ष ढकालले जानकारी दिए ।

सात भूगोल, उपत्यका र विश्वविद्यालय गरी नौ प्रदेशमा अभियान सञ्चालन गर्न नौ उपाध्यक्षलाई इन्चार्जको जिम्मेवारी दिइएको क्रान्तिकारीले जनाएको छ । जसअनुसार कोशीमा अभिमन्यू यादव, मधेसमा ममता अधिकारी, बागमतीमा मदन ढकाल, गण्डकीमा कृष्ण सुनार, लुम्बिनीमा विराज थापा, कर्णालीमा अटल आचार्य र सुदूरपश्चिममा उमेश कँडेल तथा उपत्यका विशेष प्रदेशमा दीपा जैशी र विश्वविद्यालय प्रदेशमा सन्दिप पुनलाई ‘कमाण्डर’ तोकिएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय समितिको पहिलो पूर्ण

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  १२ : २५ बजे

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु