१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आजबाट



नेपालगन्ज । नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आजदेखि नेपालगन्जमा सुरु भएको छ । अन्तरालद्वारा आयोजित फोटो फेस्टिवलको नेपाली कांग्रेसका सह-महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले फोटो खिचेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले फोटो केवल चित्र खिच्ने प्रक्रिया मात्र नभएर कथा बोल्ने र भन्ने माध्यम समेत भएको बताए । उनले फोटो फेस्टिवलले फोटोग्राफीको महत्व, आवश्यकता र अपरिहार्यताको महत्वलाई उजागर गर्ने विश्वास ब्यक्त गर्दै यस्ता सिर्जनात्मक र रचनात्मक कामले समाजलाई सही दिशा निर्देश गर्ने बताए ।

फोटो फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिष्पर्धामा देशभरबाट सहभागी फोटोबाट छानिएका १ सय ११ फोटो प्रदर्शनीमा राखिएको छ । समावेश गरिएका फोटोहरुबाट संस्कृति, पर्यटन, कृषि लगायतका ९ विधामा विविधता झल्कने फोटो एउटै थलोमा हेर्न सकिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । बुधबार विहान ११ बजेदेखि साँझ ७ बजेसम्म र विहिबार ७ बजेदेखि साँझ ७ बजेसम्म फोटो अवलोकन गर्न सकिने उनले जानकारी दिए ।

फोटो फेस्टिबलमा फोटो प्रदर्शनीसंगै दुई दिने फोटोग्राफी तालिम पनि सञ्चालन गरिएको छ । आयोजक अन्तरालका अनुसार प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिनेछ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने छन् । बरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले फेस्टिवलमा समावेश फोटोहरु छनौट गरेको हो ।

नेपालगन्ज फोटो फेस्टिबल अन्तर्गत राष्ट्रिय फोटो प्रतिष्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । यस पटकको ‘वर्ष फोटो’ आर्यन धिमालले खिचेको जाजरकोट भूकम्पले क्षतिग्रस्त आफ्नो घर अगाडि रोइरहेकी महिलाको फोटो घोषित भएको छ । यस्तै टप ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्नेछन् भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते विहिबार दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा इ(सेवामा गएर भोट गर्न सकिनेछ ।

यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरी प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् । हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यस वर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने अन्तरालले जनाएको छ ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । फेस्टिवल घोलि सम्म चल्ने छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ५८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको