१ पुस २०८२, मंगलबार | December 16, 2025

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति



यरुशलेम । इजरायली सेनाले दिएको जानकारीअनुसार, सोमबार बिहानको उत्तरार्धमा इरानले इजरायलतर्फ नयाँ मिसाइल आक्रमणहरू सञ्चालन गरेको छ, जसका कारण देशभर वायु आक्रमणका चेतावनी साइरनहरू बजाइएका थिए ।

सेनाका अनुसार, चार चरणमा गरेर करिब १० वटा मिसाइल प्रक्षेपण गरिएको थियो। उत्तरदेखि गाजापट्टीको सिमासम्मका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो, जसले गर्दा लाखौं नागरिकहरू करिब एक घण्टासम्म सुरक्षित आश्रयस्थलमा रहनुपरेको थियो ।

इजरायली हवाई सुरक्षा प्रणालीले अधिकांश मिसाइलहरू अवरोध गर्न सफल भएको जनाएको छ । तर, तीमध्ये तीनवटा मिसाइल इजरायली भूमिमा खसेका छन् । सरकारी स्वामित्वको कान टेलिभिजनका अनुसार, तीमध्ये एक अशदोड सहरमा अर्को याभ्ने क्षेत्रमा र तेस्रो उत्तर इजरायलमा खसेको हो ।

मिसाइलका टुक्राहरू अन्य विभिन्न स्थानहरूमा पनि खसेका छन्, जसमध्ये दक्षिण इजरायलको लखिश क्षेत्रको एक सडकसमेत प्रभावित भएको मगेन डेविद अडोम उद्धार सेवाका प्रवक्ताले जानकारी दिए । हालसम्म मानवीय क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।

इजरायली गृह मोर्चा कमाण्डका कर्नल यारोन बार दयानले उक्त आक्रमणमा क्लस्टर वारहेडयुक्त मिसाइलहरूको प्रयोग भएको बताएका छन्, जसले व्यापक क्षेत्रमा क्षति पुर्याउने सम्भावना रहन्छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष