२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माणका लागि नेपाल र भुटानबीच ‘लिज’ सम्झौता



लुम्बिनी। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता अनुसार लुम्बिनीको निर्धारित क्षेत्रभित्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थलमा शान्ति र धर्मप्रति भुटानी सरकारको योगदानस्वरूप रोयल भुटानी बौद्ध मोनास्ट्री निर्माण गरिने
लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए । सम्झौता पत्रमा दुबै पक्षले हस्ताक्षर गरेसँगै ऐतिहासिक सम्बन्धको नयाँ अध्यायको सुरुवात भएको उनले दाबी गरे ।

काठमाडौँमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै विकास कोषका कार्यकारी उपाध्यक्ष डा. लामाले यो सम्झौतालाई दुई राष्ट्रबीचको धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उल्लेख गरे । उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध समुदायका लागि आस्थाको केन्द्र बनाउने उद्देश्यसहित लुम्बिनीमा विभिन्न मुलुकको बौद्ध सम्पदास्थल स्थापना भइरहेका बेला भुटान सरकारको सहयोग ऐतिहासिक कदम भएको बताए । भुटानी बौद्ध गुम्बा निर्माणले लुम्बिनीको धार्मिक विविधता र समावेशीपनमा थप उचाइ दिने विश्वास व्यक्त गरे । भुटान सरकारको तर्फबाट गृहमन्त्रालयका उच्च अधिकारीहरुले लुम्बिनीमा गुम्बा निर्माण गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्दै यसले भुटान र नेपालबीचको पारम्परिक मित्रता अझ बलियो हुने धारणा व्यक्त गरे ।

सम्झौता समारोहमा नेपाल सरकार, भुटानी प्रतिनिधिमण्डल, लुम्बिनी विकास कोषका पदाधिकारी, बौद्ध धर्मगुरुहरु, कूटनीतिक क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । लुम्बिनी विकास कोषले पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको महत्व विस्तार गर्ने क्रममा विभिन्न मुलुकसँग सहकार्य गर्दै आएको छ । भुटानी गुम्बाको निर्माण कार्यले शान्ति, करुणा र बुद्धका शिक्षाको विश्वव्यापी सन्देशलाई अझ फैलाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  १० : १२ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम