७ आश्विन २०८३, बुधबार | September 23, 2026

मुकुल ढकाल रास्वपाका महामन्त्री हुन या होइनन ? सर्वोच्चले १७ गते छलफलमा बोलायो दुवैपक्षलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा दाबी गरेका डा मुकुल ढकालको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ढकालको रिटमा बिहीबार सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको छ।

ढकालले रास्वपाको महामन्त्री आफै भएको दाबी गर्दै रिट दायर गरेका थिए । गत साता निर्वाचन आयोगले ढकाल रास्वपाको महामन्त्रीमा कायमै रहेको भन्ने विवरण उपलब्ध गराएको थियो। यद्यपी रास्वपाले गत वर्ष नै ढकाललाई २०८१ भदौमा बसेको सचिवालय बैठकले महामन्त्रीबाट निस्काशन गरेको भन्दै विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो ।

अब सर्वोच्चमा ढकाल पक्ष र रास्वपाको संस्थापन पक्षले ढकाललको मागअनुसार महामन्त्री हुन या होइनन् भन्ने बारे छलफल हुनेछ ।

 

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  २ : ४६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११