१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मुग्लिन नारायणगढ सडक : जोखिमपूर्ण ढुङ्गा हटाएपछि सडक सञ्चालन



चितवन । इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना-६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ः०० बजेसम्म बन्द गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार सो क्षेत्रमा सडकमाथि जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा सडक डिभिजन कार्यालयले व्यवस्थापन गरेको हो । ढुङ्गा व्यवस्थापनसँगै बर्षात्को समयमा हुनसक्ने जोखिम र दुर्घटनामा केही कमी आउने उनले बताए ।

बिहानदेखि सुरु गरिएको ढुङ्गा पन्छाउने काम दिउँसो ३ः०० बजे सम्पन्न भएसँगै नारायणगढ(मुग्लिन सडक पुर्णरूपमा सञ्चालनमा आएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार बन्द अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न सडक डिभिजन र जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ४ : ४० बजे

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको