२ पुस २०८२, बुधबार | December 18, 2025

आफु निकट नेताहरुमाथि अनुशासनको कारवाही अवैधानिक भएको शेखर समुहको निस्कर्ष



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले आफुनिकट नेताहरुलाई कारवाही अवैधानिक भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेका छ ।

विशालनगरस्थित कोइराला समुहको सम्पर्क कार्यालयमा आज बिहान बसेको आकस्मिक बैठकले सो निष्कर्ष निकालेको सांसद राजेन्द्र बजगाईंले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीको अनुशासन आयोगका नाममा कोइराला निकटका नेताहरूमाथी गरिएको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो ।

‘उजुरी, निवेदन परेको समय अवधिको हिसाबले ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने विधानले भनेको छ, त्यो पनि घन्टा मिनेट नै गनेर, त्यो अनुरूप नभएको भएर यो ९कारबाही० वैधानिक छैन् भन्ने निष्कर्ष निकालियो, यसलाई राजनीतिक प्रतिशोध र पुर्वाग्रही भएको पनि अधिकांसको राय थियो,’ उनले भने ।

काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा समूहका नेता कोइरालाले अनुशासनको कारबाहीप्रति असहमति राखेका र अनुशासन समितिका दुई सदस्यले यो कारबाहीप्रति नोट अफ डिसेन्ट नै लेखेको जानकारी दिएका थिए ।

गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।

अनुशासन आयोगले एक वर्ष, ६ महिना र ३ महिनाको समय अवधि छुट्याएर नेता–कार्यकर्ताहरुलाई कारबाही गरेको हिजो सार्बजनिक भएको थियो ।

‘यो कारवाही विधानतः ठीक छैन, वैधानिक छैन र अनुशासन समितिले अनुशासन भंग गर्‍यो भन्ने विषयमा छलफल चलेको छ’ उनले भने, ‘पुनरावलोकनको लागि कारबाही परेका साथीहरूले आवेदन दिए पछि एउटा बृहत् भेला गर्नेबारे पनि छलफल भएको छ,’ सहभागी नेताहरूले भने ।

साथै, बैठकमा पार्टीको अधिवेशन तोकिएको समयमै विधानसम्मत समयमा हुन्छ भन्ने विषयमा संशय रहेको भन्दै सामाना गरेर जानु पर्नेमा पनि उपस्थितहरूले जोड गरेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ११ : ०० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल