काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान)बीच पार्टी एकता गर्ने सहमति भएको छ।
शुक्रबार अध्यक्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियाका वामदेव गौतमले एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिपत्रअनुसार आउँदो साउन २ गते पार्टी एकता घोषणा गरिने उल्लेख छ।
सहमतिमा भनिएको छ, “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको, साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गर्दै हामी एकताबद्ध हुने सहमति गर्दछौं।”
२०७७ सालमा नेकपा विभाजन भएपछि वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ गठन गर्दै छुट्टै बाटो रोजेका थिए। एमाले र माओवादी केन्द्र छुट्टिएपछि २०७८ सालमा माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) स्थापना गरेका थिए।




















प्रतिक्रिया