काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घुस काण्डमा मुछिएका मन्त्रीलाई कारवाही नगरेकोमा असन्तुष्टी जनाएका छन् ।
नेता कोइरालाले सामाजिक सञ्जालमार्फत बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्दा पनि मन्त्रीलाई पदबाट नहटाएकोमा व्यंग्य गर्दै असन्तुष्टी जनाएका हुन् ।
‘यस्तै रहेछ यहाँको चलन’ शिर्षकमा कोइरालले लेखेका छन् :
मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।



















प्रतिक्रिया