काठमाडौं । स्पेनमा मानव तस्करी प्रकरणबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन समिति गठन गरेको छ।
सीआईबीका एसएसपी होविन्द्र बोगटीले नेतृत्व गर्ने समितिमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एसपी रुगम कुँवरसहित ६ जना सदस्य समावेश छन्।
स्पेनको सेभिलामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई सहभागी गराएर विदेश पठाइएको भन्ने आरोपसँग सम्बन्धित घटनाबारे छानबिन गर्न समिति गठन भएको हो ।
प्रकरणको छानबिन गर्नुपर्ने व्यापक दबाब बढेपछि गृहमन्त्री रमेश लेखकले हिजो गृहमन्त्रालय र प्रहरीका वरिष्ठ अफिसरहरुलाई छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।
समितिले सञ्चारमाध्यममा आएका विवरणको अध्ययन अनुसन्धान गर्ने, स्पेन पठाउन रकम लिइएको भन्ने दाबीमाथि सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ ।



















प्रतिक्रिया