काठमाडौं । वामदेव गौतम नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियान माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ।
शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा दुई पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ ।
यसअघि, गत शुक्रबार अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले पार्टी एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सोही सहमतिअनुसार गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् ।
कार्यक्रममार्फत् उक्त सहमतिको कार्यान्वयन स्वरूप आज एकता सार्वजनिक रूपमा घोषणा गरिएको हो।
घोषणा समारोहमा गौतमले पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । उनले चार वर्षको प्रयासपछि दुई पार्टी एक भएको बताए।
गौतमले आफु एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थित नेता कार्यकर्ताहरू हुटिङ गर्दै स्वागत गरेका थिए । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए ।



















प्रतिक्रिया