काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । आज हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।” पक्राउ परेका पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट आजै पाँच दिनको म्याद लिएको प्रवक्ता बोहराले बताए ।


















प्रतिक्रिया