६ माघ २०८२, मंगलबार | January 21, 2026

‘कुलिङ पिरियड’ र ‘भूमि विधेयक’मा दलहरुबीच सहमति आवश्यक : पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपसभापति खड्काले संघीय निजामती सेवा विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ र भूमिसम्बन्धी विधेयकका बारेमा दलहरूबीच गहिरो छलफल र सहमति आवश्यक रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज, काठमाडौं शाखाद्वारा शनिबार आयोजित साधारण सभालाई सम्बोधन गर्दै खड्काले यस्तो बताएका हुन् ।

“भूमि विधेयकबारे केही भ्रम फैलिएको देखिन्छ,” उनले स्पष्ट पार्दै भने, “यसको उद्देश्य वर्षौंदेखि लालपुर्जा नपाई बसिरहेका अव्यवस्थित बासिन्दाहरूलाई व्यवस्थित गर्नु हो, नयाँ वन फँडानी गर्नु होइन ।”

त्यस्तै, उनले देशको समृद्धिमा सबैभन्दा ठूलो बाधक भ्रष्टाचार, अनियमितता र कुशासन भएको उल्लेख गर्दै यस्ता विकृति अन्त्यका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

“देशलाई अघि बढ्न नदिने तत्वहरू भ्रष्टाचार, अनियमितता र कुशासन हुन्,” खड्काले भने, “यी अन्त्यका लागि सबै दलहरू मिलेर साझा प्रयास गर्न जरुरी छ ।”

उनले अहिलेको परिस्थितिमा राजनीतिक दल र नेताहरूले आत्मसमीक्षा गर्दै आफ्ना कमजोरीहरू स्वीकार्न जरुरी रहेको बताए। उनले जनतामा निराशा होइन, आशा र विश्वास जगाउनुपर्ने बेला आएको उल्लेख गरे ।

खड्काले दलहरूभित्र गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको औँल्याए । “हामीबाट गल्तीहरू भएका छन्, त्यसलाई स्वीकार्नुपर्ने हुन्छ,” उपसभापति खड्काले भने, “तर ती गल्तीहरू दोहोरिनु हुँदैन । अब एकअर्कालाई दोष दिइरहने समय होइन, जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने समय हो ।”

उनले जनतामा निराशा होइन, राजनीतिक प्रणालीप्रति असन्तुष्टि र आक्रोश रहेको भन्दै त्यो भावनालाई सम्बोधन गर्नु अहिलेको प्रमुख जिम्मेवारी भएको बताए ।

 

 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : २३ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका