५ माघ २०८२, सोमबार | January 19, 2026

१० गजलकार गुञ्जिए एउटै मञ्चमा



काठमाडौ‌ ।

सुन्दर मिलनको क्षण रातमा छ

त्यो हात उनको यो हातमा छ ।

गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए । डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित ।

कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा

कि यो संसार बिर्सिन्थेँ तिमी आए अँगालोमा

टुसा हाल्ने रहर बोकी जमिनमा भासिएको छु

कि सप्रिन्थेँ कि मासिन्थेँ तिमी आए अँगालोमा ।

शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा १० गजलकार सुन्दर र सशक्त गजलमा गुञ्जिए ।

नेपाल गजल प्रतिष्ठानले ‘बहर बहार’ स्थापनाको १० वर्षका अवसरमा आयोजना गरेको ‘दस मिनेट, दस गजलकार’ कार्यक्रममा करुण थापा, भुवन बोहरा ‘निस्तेज’, राधा कणेल, वसन्ता बराल, परी विक्रम, सुमी पोखरेल, आर्य आयुषा, आँचलकुमार शर्मा, बिनोद बिम्बित र चन्द्रकान्त जोशीले आफ्ना उत्कृष्ट गजल वाचन गरेका थिए ।

गजलकार राधा कणेल गुञ्जिइन् यी शब्दमाः

खोलिदेऊ कात्रो चिताबाट एकछिन

एक झलक उसलाई चिहाएर जान्छु ।

प्रस्तुत गजलहरूमा शृङ्गारदेखि समसामयिक राजनीतिक विद्रुपता, सांस्कृतिक विचलन, गिर्दो मानवीयता जस्ता भाव अभिव्यक्त भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गजलकार, कवि तथा गीतकार रवि प्राञ्जलले नेपाली गजलले परिष्कारको बाटो समातिसकेको भन्दै अब नपाली गजलले सही मार्गमा हिँड्ने आधार तयार भएको बताए ।

कार्यक्रममा गजलकार चित्र थापाको गजलकृति ‘आजाद कैदी’ विमोचनसमेत गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ४५ बजे

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा