१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

शक्ति पृथकीकरण नहुँदा लोकतन्त्र अप्ठ्यारोमा पर्न सक्छः डा कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा शक्ति सन्तुलन भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताएका छन् ।

कर्मयोगी बन्द्रीविक्रम थापा स्मृति गुठीद्वारा पूर्वप्रशासक थापाको १०३औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेता डा कोइरालाले राज्यका प्रमुख अङबीचमा शक्ति सन्तुलन प्रजातन्त्रमाथि नै चुनौती उत्पन्न हुन सक्ने धारणा राखे।

नेता डा कोइरालाले भने, “मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा विशिष्ट योगदान पु¥याएका व्यक्तिको प्रतिनिधित्व रहेको संवैधानिक परिषद्लगायतका निकायबाट हुने निर्णय निष्पक्ष र तटस्थ हुनुपर्छ, राज्यका निकायमा रहने व्यक्तित्वले आफ्ना व्यक्तिको छनोट होइन, राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।”

पूर्ववडाहाकिम थापा असहज परिस्थितिमा पनि शान्त र शालीन प्रशासकका रुपमा आफूलाई स्थापित गराएको बताउँदै नेता डा कोइरालाले अहिले मुलुकको प्रशासनमा दलीयकरण हावी भएकाले श्रद्धाभाव जगाउने खालका प्रशासक पाउन मुश्किल रहेको विचार प्रकट गरे ।

श्रम तथा रोजगारमन्त्री शरत्सिंह भण्डारीले मुलुकमा लोकतन्त्र स्थापना र समाजसेवाका लागि ठूलो त्याग तथा तपस्या रहेकै कारण पूर्वप्रशासक थापा मृत्युपर्यन्त पनि सबैले स्मरण गरिरहने पात्रका रुपमा रहेको बताए ।

वरिष्ठ राजनीतिज्ञ सिपी गजुरेलले मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि भएका आन्दोलन तथा सङ्घर्षमा योगदान पु¥याउने व्यक्तिको इतिहास उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

गुठीका अध्यक्ष प्रा डा सुरेशराज शर्माको अध्यक्षतामा भएको उक्त जन्मजयन्ती कार्यक्रममा साहित्यकार हरिमञ्जुश्री, कार्यक्रममा ‘बद्री विक्रम राष्ट्र गौरव’ र ‘सेवा पुरस्कार नेपाल’ बाट पुरस्कृत संस्कृतिविद् तेजेश्वरबाबु ग्वङग र समाजसेवी तथा चित्रकलाकार उर्मिला गर्गले विधागत विशिष्ठता र पूर्वसभामुख दमनाथ ढुङ्गानाको व्यक्तित्वबारे जानकारी गराए ।

यसअघि प्रा डा सुरेशराज चालिसे, संस्थाका कोषाध्यक्ष किरण थापा, आध्यात्मिक व्यक्तित्व चिन्तामणि योगीले कर्मयोगी थापा र पूर्वसभामुख दमननाथ ढुङ्गानाबाट नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको योगदानको चर्चा गर्दै गुठीले समाज सेवामा पु¥याउँदै आएको योगदानबारे जानकारी दिए ।

 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : २५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा