काठमाडौं। सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसवाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटलगत्तै मन्त्रीहरू हेरफेर गर्ने सोच बनाएपनि नेपाली कांग्रेसले निर्णय नगर्दा ढिलाइ भइरहेको बेला यो बैठक बसेको हो । बैठकमा बागमती प्रदेश कांग्रेस संसदीय दलभित्रको विवादका विषयमा पनि छलफल भएको बताइएको छ ।


















प्रतिक्रिया