२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सामुदायिक मुटु अस्पतालमा भिडियो एक्स-रे गर्न पुगेकी किशोरीमाथि यौन दुर्व्यवहार !, एकजना कर्मचारी पक्राउ



बुटवल । रुपन्देहीको बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका कर्मचारीले एक सेवाग्राही किशोरीमाथि यौन दुर्व्यवहार गरेका छन् । अस्पतालको एक्स-रे विभागमा कार्यरत कर्मचारीले सेवाग्राही किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ती कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने कर्मचारीमा अस्पतालमा एक्स-रे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम रहेका छन् । एक्स-रे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी १७ वर्षिया किशोरीलाई आरोपित कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यौन दुर्व्यवहार गर्ने कर्मचारीमाथि कडा कारवाही गर्न बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बलबहादुर पुनले माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै वडा अध्यक्ष पुनले घटनमा संलग्न व्यक्तिमाथि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १० : १२ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर