१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पार्टी एकता सुदृढ गर्दै सबैखाले गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता गरेका छौं : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएका सबैखाले गुटबन्दीको अन्त्य गर्ने साझा संकल्प गरिएको बताएका छन् ।

सोमबार पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र रहेका सबैखाले गुटबन्दी अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने साझा संकल्प गरिएको बताएका हुन् ।

प्रचण्डले पछिल्लो समय पार्टीभित्रको विभाजन र असहमतिलाई चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै बैठकले त्यसलाई जिम्मेवारीपूर्वक समाधान गरेको बताए। उनले अब पार्टी एकताको भावना अनुरूप सबैखाले गुटबन्दी, समूहगत सोच र आन्तरिक फुटलाई अन्त्य गर्दै अघि बढ्ने सामूहिक प्रतिबद्धता गरिएको जानकारी दिए।

“अबदेखि हामी अझ सुदृढ एकताका साथ अघि बढ्छौं। सबैखाले गुटबन्दीको अन्त्यका लागि सामूहिक संकल्प लिएका छौं,” उनले भने।

“देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको संस्थागत सुदृढीकरणका लागि निर्णायक भूमिका खेलेको हाम्रो पार्टीलाई एक ढिक्का बनाउनु चुनौती थियो,” उनले भने, “त्यो चुनौतीलाई स्थायी समिति बैठकले सम्बोधन गर्दै हामीले पार्टी एकताबद्ध गरेका छौं।”

उनका अनुसार बैठकले पुनः जनताको बीचमा जानु पर्ने निष्कर्ष निकाल्दै, देशमा व्याप्त बेथिति र अन्यायको अन्त्यका लागि सशक्त आन्दोलनको तयारी गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : ४८ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको