१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो विश्व स्तनपान सप्ताह : १ हजार बढी आमाहरु सहभागी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विभिन्न सचेतनात्मक गतिविधिसहित विश्व स्तनपान सप्ताह-२०२५ सम्पन्न गरिएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइँने सप्ताह अन्तरगत मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी सचेतनासहित दिवस मनाइएको अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाले जानकारी दिइन् ।

सप्ताह अन्तरगत हरेक दिन फरक-फरक गतिविधिसहित १ हजार बढी आमाहरुलाई शिशुको स्याहार, पोषण लगायत स्वास्थ्य सचेतना सम्बन्धी अन्तक्रियाहरुमा सहभागी गराउनुका साथै शिशु स्वास्थ्य र स्तनपान सम्बन्धी पम्प्लेट वितरण गरिरएको नर्सिङ विभाग प्रमुख थापाले जानकारी दिइन् । स्तनपान सम्बन्धी डेमोस्ट्रेशन, सचेतनामूलक भिडियो प्रस्तुती लगायतका कार्यक्रमहरुमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफहरुको सहभागिता रहेको थियो । आमा बुवाहरुको बीच नवशिशु सम्बन्धी जागरुकता पैदा गरी शिशु स्वास्थ्यमा सुधार गर्न तथा भर्खरै जन्मिएका शिशुका लागि स्तनपान अमृत समान हो भन्ने सन्देश दिनका लागि कार्यक्रम गरिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा हरेक वर्ष हजारौँ आमाहरुले नवजात शिशुलाई जन्म दिने गरेको तथ्याङ्क रहेको छ । अस्पतालमा वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीका अनुसार पछिल्लो अध्यावधिक विवरणमा एक वर्षको अवधिमा १२ हजार ९५ जनलाई प्रसुती सेवा उपलब्ध गराइएको छ ।

जसमध्ये ४ हजार ५४७ केसमा शल्यक्रिया गरिएको छ भने ८ हजार ५४८ आमाहरुले सामान्य रुपमै शिशुलाई जन्म दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवालाई थप विशिष्टिकृत गर्दै लगेपछि सेवाग्राहीको आकर्षण पनि बढ्दै गएको उनको दाबी छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको अस्पताल सेवा बिस्तार कार्यक्रम अन्तरगत प्रसुती सेवाका लागि छुट्टै भवनमा छुट्टै शल्यक्रिया कक्ष बिस्तार, ल्याप्रोस्कोपी सेवा लगायतका सुधारहरु भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ७ : ०३ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र