१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा नेपाल मगर महिला संघको मातृभाषा जागरण अभियान, पाँच भाषाका कविता बाचन



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले जिल्लामा मातृ भाषा जागरण अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत शनिबार बुटवलमा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पाँचवटा एकल जातीय मातृभाषामा कविता बाचन गरिएको छ ।

मातृ भाषाको संरक्षण, पहिचान तथा पुस्तान्तरणको उद्देश्य सहित मगर महिला संघले अभियान सञ्चालन गरेको हो । अभियान अन्तरगत आज मगर, नेवारी, थारु, गुरुङ तथा तामाङ भाषाको कविता बाचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय सहअध्यक्ष दलबहादुर विरकट्टा मगरले आदिबासी जनजातिहरुको भाषा, सँस्कृति तथा पहिचानको संरक्षणका लागि साहित्यको ठूलो भूमिका रहने उल्लेख गरे । आगामी पुस्तालाई पहिचान र सँस्कृति हस्तान्तरणका लागि घर परिवार र समुदायमा एक भएर लाग्नुपर्ने बताउँदै उनले राज्यले यसको संरक्षणमा सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जनक थापा, संघका रुपन्देही कार्यबहाक अध्यक्ष टेकबहादुर रेश्मी, आदिबासी जनजाती महासंघ रुपन्देहीका सल्लाहकार शंकर गाहा, मगर युवा संघ केन्द्रीय महासचिव राम अस्लामी मगर, गुरुङ भाषाविज्ञ तथा अभियन्ता भिम गुरुङ लगायतले बोल्दै आदिबासीको अधिकार स्थापित गर्नका लागि भाषा र सँस्कृतिको संरक्षण पहिलो शर्त भएको उल्लेख गरे । राज्यले आदिबासीहरुको भाषा, सँस्कृति र पहिचानलाई संरक्षण गर्नका लागि विद्यालयतहमा पाठ्यपुस्तकमै व्यवस्था गर्नुपर्ने उनीहरुको जोड थियो ।

कार्यक्रममा लक्ष्मी श्रेष्ठ, दिलमाया थिङ लामा, बमबहादुर थारु लगायतले मातृभाषामा कविता बाचन गरेका थिए । नेपाल मगर महिला संघ रुपन्देही सचिव खिमा श्रीसको सञ्चालन तथा अध्यक्ष निर्मला थापाको स्वागत तथा अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : ५८ बजे

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको