बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा देवदह नगरपालिका-६ घोडाहास्थित सन्दीप आधारभूत विद्यालयका ६० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ ।
आर्थिक अवस्थाका कारण विद्यालय पोशाक पाउन नसकेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, सल्लाहकार तथा डिस्टिकका IPDG/MJF लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रिजन चेयर पर्सन नवीन प्रसाद श्रेष्ठ, विद्यालयका प्राचार्य, दुबै क्लबका संयोजक, पदाधिकारी तथा लायन्स क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
विद्यालय पोशाक प्राप्त गरेर विद्यार्थीहरू खुसी भएका थिए । अभिभावकहरूले समेत बालबालिकाको शैक्षिक यात्रा सहज बनाउन सहयोग गरेको भन्दै लायन्स क्लबप्रति आभार व्यक्त गरेका छन् ।
अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बालबालिकालाई शिक्षामा प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए । उनले विद्यालयलाई आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


















प्रतिक्रिया