६ माघ २०८२, मंगलबार | January 20, 2026

युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्तावमा हमास सहमत



काठमाडौं । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइसम्बन्धी नयाँ प्रस्तावमा हमास सहमत भएको छ । प्यालेस्टिनी सशस्त्र समूह हमासले मध्यस्थकर्ताहरूले अघि सारेको प्रस्ताव स्वीकार गरेको बीबीसीलाई दिएको प्रतिक्रियामा पुष्टि गरेको हो ।

इजिप्ट र कतारको पहलमा तयार भएको यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुन महिनामा प्रस्तुत गरेको रूपरेखामा आधारित रहेको बताइएको छ । प्रस्तावअनुसार सुरुवाती चरणमा ६० दिनका लागि युद्धविराम हुनेछ । त्यसपछि हमासले बाँकी रहेका ५० इजरायली बन्धकलाई दुई चरणमा रिहा गर्ने बताइएको छ, जसमा करिब २० जना जीवित हुने अपेक्षा गरिएको छ ।

यसपछि स्थायी युद्धविरामको विषयमा थप वार्ता अघि बढाइनेछ । यद्यपि, इजरायलले औपचारिक प्रतिक्रिया दिएको छैन । गत हप्ता मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरूलाई एकैपटक रिहा गरे मात्र सम्झौता गर्ने संकेत दिएका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ११ : ४५ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच