२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सङ्घीय सरकारले तिलोत्तमासहित छ स्थानीय तहलाई सम्मान गर्ने



काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।

‘गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०/८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गर्न लागिएको हो ।

यस आधारमा मन्त्रालयले तिलोत्तमा नगरपालिका रुपन्देही, खैरहनी नगरपालिका चितवन, नीलकण्ठ नगरपालिका धादिङ, अर्जुनचौपारी गाँउपालिका स्याङजा, बेनीघाट रोराङ गाउँपालिका धादिङ र रुरुक्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको हो ।

राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ८ : १६ बजे

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको