१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

धरान-४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त



धरान । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका-१४ को यायोखा टोल र धरान उपमहानगरपालिका-४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ ।

विसं २०५७/५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्याएको धरान उपमहानगरपालिका-४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिए ।

पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सदस्य राजेन्द्र राई, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलगायतले निरीक्षण गरेका थिए । पुल तत्काल मर्मत गरी सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको वडा सदस्य चाम्लिङले बताए ।

उनका अनुसार बाढीका बेला यदि तारजालीसहितको तटबन्ध निर्माण गरिएको भए पुललाई क्षति हुनबाट रोक्न सकिन्थ्यो । तत्काल आवश्यक सुरक्षात्मक संरचना निर्माण गरी पुल जोगाउने प्रयास भइरहेको छ । उनले भने, “यसका लागि हामीले जिल्ला प्रशासन कार्यालयसँग पनि अनुरोध गरिसकेका छौँ ।” हाल पुलको क्षति बढ्न नदिन आवश्यक सतर्कता अपनाइँदै आएको र जोखिम न्यूनीकरणका उपायमा प्राथमिकता दिइएको उनले बताए ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : ३७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले