१ चैत्र २०८२, आइतबार | March 15, 2026

डेङ्गी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान



काठमाडौं । पछिल्लो समय डेङ्गीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ ।

डेङ्गी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत गरिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने लगायत काम गरिँदै आएको छ ।

महानगरपालिकाले यसअघि नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर् अभियान सञ्चालन गर्दै आएको छ । यसलाई थप प्रभावकारी बनाउन मेघा अभियान थालिएको उनले बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको भुसालले जानकारी दिए ।

त्यस्तै, डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । भुसालले भन्नुभयो, “समान्य जानकारी नहुँदा डेङ्गी फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर् अभियान सुरु गरेका हौँ ।”

महानगरपालिकाले विद्यालयमै पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका टङ्याकी आदिमा लामखुट्टेले फुल पार्छ ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १ : ०७ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च