२१ चैत्र २०८२, शनिबार | April 4, 2026

पर्सामा खेतबाट ५४ किलो चरेस बरामद



पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ देउरिया क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद भएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको टोलीले बिहीबार दिउँसो देउरिया क्षेत्रमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा शंकास्पद देखिएका घरमा केही नभेटिए पनि फर्कने क्रममा ४६ वर्षीय रामायण चौधरीको धान खेतभित्र लुकाइराखिएको अवस्थामा चरेस फेला परेको पर्सा प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ल्याएर तौल गर्दा ५४ किलो ४०० ग्राम चरेस भएको पाइएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। बरामद चरेससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद स्थल प्रहरी चौकीबाट करिब सात किलोमिटर पश्चिम(दक्षिणतर्फ पर्छ। धान खेतमा चरेस कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको मिश्रले बताए।

 

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ८ : ४४ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ