२१ चैत्र २०८२, शनिबार | April 4, 2026

जलजला, राधा र सन्तोषले गजलमा रचे इतिहास



काठमाडौं ।

त्यो दिल अरूको खातिर, खाली नहोस् सधैँभर
मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैँभर,

हाम्रो पियार देखी, आगो बनोस् न पानी
इर्ष्या गरोस् त त्यस्तो, पानी बलोस् सधैँभर ।

गजलकार राधा कणेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धूनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले सर्वनाम थिएटरमा जम्मा भएका श्रोता मन्त्रमुगध बने ।

शुक्रबार १६०औँ मोतीजयन्तीका अवसरमा आयोजित ‘राधा कणेल साङ्गीतिक गजल साँझ, २०८२’ मा जलजलाले राधाका ५ वटा गजल गाइन् । ५ वटै गजलमा सन्तोषको एकल सङ्गीत थियो ।

तिमी रापिलो छौ, बलेको मकलझैँ 
यता दिल छ मेरो, सुकेको सिमलझैँ,

प्रायः शृङ्गारिक गजलमा प्रस्तुत भएकी जलजलाले उल्लिखित शेर गाइरहँदा हल खुबै गर्माएको थियो ।

समसामयिक विषयलाई पनि सुन्दर ढङ्गले गजलमा उन्न सिपालु राधाको लेखन परिष्कृत रहेको र परिष्कृत लयमै रचना गर्ने भएकाले राधाका गजल सङ्गीतमैत्री रहेका सङ्गीतकार सन्तोष श्रेष्ठले बताए ।

गायिका जलजला मञ्चमा ‘सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु र कारण बताउँदा चैँ, तिम्रै बताइदिन्छुु’ भन्दै गुञ्जिँदा हल जुरुक्क बनेको थियो ।

गजल अभियन्ता, समालोचक घनेन्द्र ओझाले नेपाली गजल लेखनमा परिष्कारसँगै गायनमा पनि परिष्कृत हुन जरुरी रहेको भन्दै सन्तोष श्रेष्ठ र आफूले विक्रमको २०८०–२०९० लाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ घोषणा गरेको र यही अभियानअन्तर्गत यो कार्यक्रम गरिएको सुनाए ।

ओझाले यो कार्यक्रम ऐतिहासिक भएको पनि बताए । ‘नेपाली गजल सङ्गीतमा हालसम्म नारी स्रष्टाका गजल, नारीकै स्वरमा एकल गायन भएको देखिँदैन’ ओझाले भने, ‘यो सम्भवतः पहिलो यस्तो कार्यक्रम हो ।’ ओझाले जलजला, राधा र सन्तोष तीनै जनाले नेपाली गजल सङ्गीतमा नयाँ इतिहास रचेको दाबी गरे ।

समालोचक प्रा.डा. देवी नेपालले नेपाली गजल लेखनसँगै सङ्गीतमा पनि तीव्र र परिष्कृत बन्दै गएको भन्दै खुसी व्यक्त गरे ।

गजलकार तथा सङ्गीत मर्मज्ञ रवि प्राञ्जलले नेपाली गजल गायनमा यो कार्यक्रम उत्साहप्रद र स्मर्णयोग्य भएको बताए । नेपाली गजललाई गायनमा ल्याउने प्रयासको प्राञ्जलले सराहना पनि गरे ।

वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए । अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १२ : ५१ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ