५ माघ २०८२, सोमबार | January 19, 2026

जलजला, राधा र सन्तोषले गजलमा रचे इतिहास



काठमाडौं ।

त्यो दिल अरूको खातिर, खाली नहोस् सधैँभर
मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैँभर,

हाम्रो पियार देखी, आगो बनोस् न पानी
इर्ष्या गरोस् त त्यस्तो, पानी बलोस् सधैँभर ।

गजलकार राधा कणेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धूनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले सर्वनाम थिएटरमा जम्मा भएका श्रोता मन्त्रमुगध बने ।

शुक्रबार १६०औँ मोतीजयन्तीका अवसरमा आयोजित ‘राधा कणेल साङ्गीतिक गजल साँझ, २०८२’ मा जलजलाले राधाका ५ वटा गजल गाइन् । ५ वटै गजलमा सन्तोषको एकल सङ्गीत थियो ।

तिमी रापिलो छौ, बलेको मकलझैँ 
यता दिल छ मेरो, सुकेको सिमलझैँ,

प्रायः शृङ्गारिक गजलमा प्रस्तुत भएकी जलजलाले उल्लिखित शेर गाइरहँदा हल खुबै गर्माएको थियो ।

समसामयिक विषयलाई पनि सुन्दर ढङ्गले गजलमा उन्न सिपालु राधाको लेखन परिष्कृत रहेको र परिष्कृत लयमै रचना गर्ने भएकाले राधाका गजल सङ्गीतमैत्री रहेका सङ्गीतकार सन्तोष श्रेष्ठले बताए ।

गायिका जलजला मञ्चमा ‘सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु र कारण बताउँदा चैँ, तिम्रै बताइदिन्छुु’ भन्दै गुञ्जिँदा हल जुरुक्क बनेको थियो ।

गजल अभियन्ता, समालोचक घनेन्द्र ओझाले नेपाली गजल लेखनमा परिष्कारसँगै गायनमा पनि परिष्कृत हुन जरुरी रहेको भन्दै सन्तोष श्रेष्ठ र आफूले विक्रमको २०८०–२०९० लाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ घोषणा गरेको र यही अभियानअन्तर्गत यो कार्यक्रम गरिएको सुनाए ।

ओझाले यो कार्यक्रम ऐतिहासिक भएको पनि बताए । ‘नेपाली गजल सङ्गीतमा हालसम्म नारी स्रष्टाका गजल, नारीकै स्वरमा एकल गायन भएको देखिँदैन’ ओझाले भने, ‘यो सम्भवतः पहिलो यस्तो कार्यक्रम हो ।’ ओझाले जलजला, राधा र सन्तोष तीनै जनाले नेपाली गजल सङ्गीतमा नयाँ इतिहास रचेको दाबी गरे ।

समालोचक प्रा.डा. देवी नेपालले नेपाली गजल लेखनसँगै सङ्गीतमा पनि तीव्र र परिष्कृत बन्दै गएको भन्दै खुसी व्यक्त गरे ।

गजलकार तथा सङ्गीत मर्मज्ञ रवि प्राञ्जलले नेपाली गजल गायनमा यो कार्यक्रम उत्साहप्रद र स्मर्णयोग्य भएको बताए । नेपाली गजललाई गायनमा ल्याउने प्रयासको प्राञ्जलले सराहना पनि गरे ।

वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए । अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १२ : ५१ बजे

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा

उम्मेदवारी दर्ता गर्न प्रचण्ड रुकुमपूर्वमा

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल