१ चैत्र २०८२, आइतबार | March 15, 2026

आँबुखैरेनीमा चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा



तनहुँ । आबुखैरेनी गाउँपालिका-५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् ।

गाउँपालिकाले खाना, बस्नका लागि मासिक पाँच हजारका दरले वार्षिक ६० हजार सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिइन् । गाउँपालिकामातहत रहेका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूरै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘रामशाह र मित्रता माविमा कक्षा ५ सम्म पूरै निःशुल्क गरिएको छ । कक्षा ६ देखि माथि नेपाली माध्यममा निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा शुल्क निर्धारण गरिएको छ ।’

गाउँपालिका अध्यक्ष शुक्र चुमानले चेपाङ समुदायको शिक्षा क्षेत्रमा देखिएको यस किसिमको उपलब्धिले सम्पूर्ण चेपाङ समुदाय र पालिकाका लागि समेत गौरवको विषय बनेको बताए । उनले भने, ‘आगामी उच्च शिक्षाका लागि बाटो सहज बनाउन गाउँपालिकाले आवश्यक सबै सहयोग तथा पहल गर्नेछ ।’

चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीति, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपाय र समग्र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजनाका बारेमा विमर्श गरी अघि बढ्ने योजना बनाइएको अध्यक्ष चुमानले बताए ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ८ : १० बजे

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा