९ चैत्र २०८२, सोमबार | March 23, 2026

तीज पर्व प्रारम्भ : आज दर खाने दिन



काठमाडौं । नेपाली हिन्दु महिलाले मनाउने महान् चाड हरितालिका तीज अन्तर्गत सोमबार दर खाने दिन विभिन्न परिकारसहित मनाइँदैछ । दुःख-कष्ट भुलाउँदै भोलिपल्ट बस्ने हरितालिका तीजको निराहार व्रतभन्दा अघिल्लो दिन महिलाले दर खाईने परम्परा रहेको छ ।

तीज पर्वको सुरुवात दर खाने दिनबाट हुन्छ । विवाहित महिलाले पतिको दीर्घायु र प्रगतिको कामना गर्दै तथा अविवाहित महिलाले सुयोग्य पतिको कामना गर्दै भोलिपल्ट व्रत बस्ने उद्देश्यले आज घरघरमा विशेष परिकार बनाई दर खाने परम्परा छ ।

दरमा सामान्यतया खिर, गुँदपाक, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ र सेलरोटी जस्ता पौष्टिक परिकार खाने चलन छ । यस दिन माछा-मासु बाहेक चोखो परिकार मात्र खाने परम्परा रहिआएको छ । स्थान र समय अनुसार दर खाने शैलीमा फरक देखिन्छ । कतै साँझमा मात्र दर खाइन्छ भने कतै मध्यरातमा खाने परम्परा पनि छ ।

अघिल्लो दिन पौष्टिक खानेकुरा खाइने कारण भोलिपल्ट हरितालिका तीजको दिन निराहार व्रत बस्नुपर्ने परम्परा हो । यस व्रतमा महिलाले पानीसमेत नखाई दिनभर उपवास बस्ने र नाचगानमा सहभागी हुने भएकाले अघिल्लो दिन दर खाई शरीरलाई शक्ति सञ्चय गर्ने गरिन्छ ।

तीज पर्व विशेषगरी पहाडी मूलका सनातन हिन्दू महिलाले मनाउने भए पनि पछिल्लो समय अन्य समुदायका महिलाले पनि यसलाई उत्साहपूर्वक मनाउन थालेका छन् । राजधानीलगायतका शहरी क्षेत्रमा अब भने परम्परागत रूपमा एक दिनमात्र दर खाने चलनबाट फरक भई तीजअघि नै महिनौँसम्म दर खाने कार्यक्रम आयोजना गर्ने प्रचलन बढ्दो छ ।

धार्मिक विश्वासअनुसार देवी पार्वतीले भगवान् शिवलाई वर पाउन निराहार व्रत बसेकी थिइन् र उनको मनोकामना पूरा भएको स्मरणमा आज पनि महिलाले तीजमा व्रत बस्ने चलन रहिआएको छ । विवाहित महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुका लागि तथा अविवाहित महिलाले सुयोग्य पति पाउनका लागि तीजको व्रत बस्ने प्रचलन पीढी–पीढी चल्दै आएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ८ : ०५ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी