१ पुस २०८२, मंगलबार | December 16, 2025

राज्य व्यवस्था समितिको सभापति मनोनयन मंगलबार, निर्वाचन बुधबार



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते बुधबार निर्वाचन हुनेभएको छ । संसद सचिवालयले आज निर्वाचन तालिका प्रकाशित गर्दै बुधबार मतदानको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार मंगलबार (भोलि) मनोनयन हुनेछ । मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापतिको लागि उम्मेदवारी दर्ता हुनेछ भने सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ । बुधबार दिउँसो ३ बजे बस्ने समितिको बैठकमा सभापतिको निर्वाचन हुनेछ ।

२७ सदस्यीय समितिमा सत्तापक्षको १८ जना सदस्यहरु रहेका छन् । जसमध्ये नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ६ जना, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका एक, जनमतका एक र जनता समाजवादी पार्टीका एक सदस्य रहेका छन् ।
समितिको सभापति कांग्रेसबाटै बन्ने पक्का छ ।

 

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ४ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज