९ चैत्र २०८२, सोमबार | March 23, 2026

तीज पर्वलाइ सबै नारीले समान ढंगले मनाउने पर्व बनाउनुपर्छ : नगर प्रमुख पाण्डेय



बुटवल । बुटवल उपमहानगरपालिकाका नगर खेलराज पाण्डेयले हरितालिकाको तीजलाई सबै नारीले समान ढंगबाट मनाउन सक्ने साझा पर्वका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

लोकदोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले देवीनगर चौपारीमा आयोजना गरेको तिज विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै मेयर पाण्डेयले तिज पर्व अत्यधिक तडकभडकपूर्ण बन्दै जाँदा सामान्य वर्गका महिलाको पहुँच बाहिरिने गरेको बताए । उनले यसलाई सबै नागरिकले सहज रूपमा मनाउन सक्ने खालको पर्व बनाउनुपर्नेमा जोड दिए ।

लोकदोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाले नेपाली मौलिक संस्कृतिको संरक्षण र जगेर्नाका लागि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सल्लाहकार खेम हमालसहित विभिन्न अतिथिहरूले पनि तिजका गीतमा सहभागी भई रमाइलो गरेका थिए ।

तीज विशेष कार्यक्रममा कलाकार प्रचण्ड जिसी, बिधान कार्की, सम्झना रणपाल, कोपिला न्यौपाने, दीपक गरौजा मगर, लालमाया थापा, विष्णु सिजाली, विष्णु श्रीपाली, श्रमशु थापा, दुर्गा नेपाल, योगराज पोखरेल, हेमबहादुर सिजाली, रेनु राना लगायतका कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए ।

कार्यक्रमको सञ्चालन सचिव बिधान कार्की र रेशम खनालले गरेका थिए भने स्वागत उपाध्यक्ष रितु थापाले गरेकी थिइन् । कार्यक्रममा स्थानीय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : २२ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी