९ चैत्र २०८२, सोमबार | March 23, 2026

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘क्याप्टेन स्मोक थ्री आर’ परिचय दिने ह्याकरले वेबसाइट नियन्त्रणमा लिएर सुरक्षात्मक कमजोरी देखाउने सूचना सार्वजनिक गरेका छन् ।

वेबसाइट खुल्नेबित्तिकै ह्याकरको नाम अंकित सूचना देखिने अवस्था सिर्जना भएको अध्यागमन कार्यालयले जनाएको छ । यसअघि बिहीबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट समेत ह्याक भएको थियो । तर हाल सो साइटमा ‘पेज नट फाउन्ड’ मात्र देखिन्छ ।

हवाई कम्पनीहरूको नियमन गर्ने निकायकै वेबसाइट ह्याक हुनु गम्भीर सुरक्षा चुनौती भएको साइबर सुरक्षाविद्हरूको टिप्पणी छ । उनीहरूका अनुसार यसले नेपालको सूचना प्रविधि सुरक्षामा व्यापक कमजोरी रहेको स्पष्ट देखाउँछ ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले वेबसाइट ह्याक नभएको दाबी गरेका छन् । उनले प्राधिकरणको साइट निर्माण तथा प्रविधिक सुधारको काम भइरहेको स्पष्ट पारेका छन् ।

साइबर सुरक्षासम्बन्धी कमजोरीले अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पार्ने भन्दै विज्ञहरूले संवेदनशील निकायका वेबसाइट सुरक्षित बनाउन तत्काल ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १ : ०० बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा