काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण अघि आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले शनिबारदेखि सुरु हुने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले यसअघि लिपुलेक प्रकरणमा भारत र चीन दुवै पक्षसँग स्पष्ट संवाद गर्ने बताएका थिए । उनले यस विषयमा संसद्को विश्वास लिएर चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रष्ट कुरा राख्ने अठोट व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।



















प्रतिक्रिया