थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।
शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुगेका प्रधानमन्त्री ओलीको राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो । त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।
भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहकार्यबारे छलफल भएको बताइएको छ । उच्चस्तरीय भेटलाई नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
उनीसँग नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको टोलीसमेत रहेको छ ।


















प्रतिक्रिया