९ चैत्र २०८२, सोमबार | March 23, 2026

उखुपछि दूध उत्पादक किसानको आन्दोलन, डीडीसी कार्यालयमा धर्ना दिँदै



काठमाडौं । उखु किसान सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरू पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै उनीहरूले आज (आइतबार) काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् ।

अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीका अनुसार धर्ना कार्यक्रम मध्याह्न १२ बजे सुरु भएर करिब एक घण्टा चल्नेछ । धर्नामा काठमाडौं उपत्यकासहित काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका किसानहरूको सहभागिता रहने छ ।

डा। अधिकारीले गत वर्षदेखि नै दूधको भुक्तानी नपाउँदा किसानहरू ठूलो आर्थिक संकटमा परेको बताए । “दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूले परिवार पालनपोषण, छोराछोरीको शिक्षा-दीक्षा र पशुपालनमा गम्भीर कठिनाइ व्यहोर्नुपरेको छ,” उनले भने ।

किसान महासंघका अनुसार दूधको बक्यौता भुक्तानीबारे पटक-पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएकाले बाध्य भएर धर्ना दिनुपरेको हो । उनीहरूले आफ्ना जायज माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलन थालेका छन् ।

यसैबीच, उखु किसानहरूले पनि सरकारले अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि आन्दोलित भएका छन् । उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका छन् भने आगामी भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : ४५ बजे

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका