काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य नयाँ उचाइमा पुगेको छ ।
सोमबार (भदौ १६ गते) सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको हो । जुन अहिलेसम्मकै उच्च मूल्य हो।
आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार हुँदा रेकर्ड कायम भएको थियो। तर, सोमबारको तुलनामा सुनको मूल्य एकैदिनमा थप एक हजार ७०० रुपैयाँले बढेको छ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४५ रुपैयाँले बढेर दुई हजार ४७० रुपैयाँमा पुगेको छ। यससँगै चाँदीले पनि नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


















प्रतिक्रिया