थियानजिन । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ ।
उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।
उनीहरूबीच चीनको तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा द्विपक्षीय भेटवार्ता भएको हो । शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली गत शनिबार चीन पुगेका थिए ।


















प्रतिक्रिया