२७ माघ २०८२, मंगलबार | February 10, 2026

इम्बोस्ड नम्बर प्लेट विरुद्ध नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देही



बुटवल । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ ।

सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ ।

‘सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात् राष्ट्रलिपीमा हुनु पर्ने प्रावधान रहेको नेपालको संविधानको मर्म विपरीत अङ्ग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको निर्णयले मौलिक देवनागरी लिपि मास्ने, आम जनतालाई आर्थिक भार थोपर्ने, रोजगारी खोस्ने र राष्ट्रिय पहिचानमाथि आघात पुग्ने गरि निर्णय भएको भन्दै कलाकारको पेशामाथि नै संकट उत्पन्न भएको अध्यक्ष दिनेशमणि कोहारले बताए ।

करिब ६० लाख सवारी साधनमा प्रयोग हुँदै आएको देवनागरी लिपि हटाउने निर्णयलाई संघले प्रत्यक्ष राष्ट्रघाती षड्यन्त्रको संज्ञा दिएको छ । करिब १ लाखभन्दा बढी श्रमिक र कलाकारहरू वैकल्पिक रोजगारीको व्यवस्था नगरी प्रविधिको नाममा ल्याइएका यस्ता निर्णयका कारण बेरोजगार हुने खतरा रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

कलाकारहरुले बिचौलिया र दलालको प्रभावमा परी आम नागरिकलाई महँगो र झन्झटिलो प्रक्रियामार्फत आर्थिक भार थोपर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने चेतावनी समेत दिइएका छन् ।

जिल्ला कार्य समिति रुपन्देहीले विरोधमा जिल्लाका सार्वजनिक ठाँउमा कालो व्यानर प्रदर्शन गर्दै राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गरियोस्, मौलिक देवनागरी लिपि मेट्न पाइँदैन, प्रविधिको नाममा आम जनतालाई ठग्ने कुनै पनि कदम सह्य हुँदैन लगायतका नारा उल्लेख गरेका छन ।

जिल्ला समितिले हाम्रो पहिलो प्राथमिकता नेपाली पहिचान र स्वदेशी श्रमिकको रोजगारीको रक्षा गर्नु रहेको जनाएको छ । यदि सरकारले निर्णय फिर्ता नगरे हामी सडकमा उत्रेर कडा आन्दोलन गर्ने समेत समितिले चेतावनि दिएको छ ।

ध्यानाकर्षण पत्र बुझदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आर्टिष्ट संघको माग सम्बन्धित निकायमा पठाइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष दिनेशमणि कोहार, केन्द्रीय सदस्य रबि घिमिरे, संस्थापक अध्यक्ष उज्ज्वलकुमार दे कायस्थ, उपाध्यक्ष मनोहर थापा, कोषाध्यक्ष गणेश घिमिरे, सल्लाहकारहरू दिपेन्द्र प्रधान र रामदास हरिजनको उपस्थिति रहेको थियो । कार्यक्रममा रूपन्देही जिल्लाका आर्टिष्ट तथा कलाकारहरूको सहभागी थिए ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ११ : ०३ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी