९ चैत्र २०८२, सोमबार | March 23, 2026

एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु, ओलीले गर्ने उद्घाटन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नाराका साथ महाधिवेशन आयोजना गरिएको हो ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आफ्ना–आफ्ना प्रतिवेदन पेश गर्नेछन् । प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल गरिनेछ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा हालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, मुलुकको मुख्य चुनौती, पार्टीको कार्यदिशा र आगामी कार्यभारसम्बन्धी विषय समेटिएका छन् । प्रतिवेदनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने, नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अघि बढाउने मार्गचित्र प्रस्तुत गर्ने बताइएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ६ : १३ बजे

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन