१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ग्लोबल आइएमई बैंकलाई युरोमनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत बेस्ट बैंकको सम्मान



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युरोमनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ । मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा कोरेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

सन् १९९२ मा स्थापना भएको युरोमनी अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित मान्यता हो । यस अवार्डबाट ग्राहकलाई प्रदान गरिएको सेवा, वित्तीय स्थिरता, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधि भित्र्याउने पहल, वातावरणीय-सामाजिक तथा सुशासनमा गरेको लगानी र उच्च कार्यसम्पादनका आधारमा विजेताको छनोट गरिन्छ ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि युरोमनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड जितिसकेको छ । यसपालि तेस्रो पटक यो अवार्ड जित्दै बैंकले निरन्तर उत्कृष्ट कार्यसम्पादन गरेको प्रमाणित गरेको छ । साथै, बैंकले ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ प्राप्त गर्ने सफलतासमेत हासिल गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसले सातै प्रदेश र ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । हाल बैंकसँग ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान भइरहेको छ ।

नेपालभित्रको सेवा मात्र नभई बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ३ : ०२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा