१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

ग्लोबल आइएमई बैंकलाई युरोमनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत बेस्ट बैंकको सम्मान



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युरोमनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ । मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा कोरेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

सन् १९९२ मा स्थापना भएको युरोमनी अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित मान्यता हो । यस अवार्डबाट ग्राहकलाई प्रदान गरिएको सेवा, वित्तीय स्थिरता, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधि भित्र्याउने पहल, वातावरणीय-सामाजिक तथा सुशासनमा गरेको लगानी र उच्च कार्यसम्पादनका आधारमा विजेताको छनोट गरिन्छ ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि युरोमनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड जितिसकेको छ । यसपालि तेस्रो पटक यो अवार्ड जित्दै बैंकले निरन्तर उत्कृष्ट कार्यसम्पादन गरेको प्रमाणित गरेको छ । साथै, बैंकले ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ प्राप्त गर्ने सफलतासमेत हासिल गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसले सातै प्रदेश र ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । हाल बैंकसँग ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान भइरहेको छ ।

नेपालभित्रको सेवा मात्र नभई बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ३ : ०२ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज