१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

निजामती दिवस–२०८२ का सन्दर्भमा हुलाक टिकट प्रदर्शनी



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउनु विश्वासिलो र महत्वपूर्ण अङ्ग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने बताएकी छन् ।

निजामती दिवस–२०८२ का सन्दर्भमा आज हुलाक सेवा विभागको आयोजना र नेपाल फिलाटेलिक सोसाइटीको सहआयोजनामा आयोजना गरिएको सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सचिव अर्यालले भनिन्, “निजामती सेवाको कार्यशैली अरु क्षेत्रमा पनि प्रभावित हुनेहुँदा यसको गौरवलाई जोगाउनु पर्छ ।” साथै उनले हुलाक टिकटमार्फत निजामती सेवाको मर्म र सन्दर्भलाई प्रदर्शन गर्नुले सकारात्मक प्रचारको काम गरेको बताइन् ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले निजामती सेवाको गौरव बढाउने किसिमका हुलाक टिकट प्रदर्शनीले आउने पुस्तालाई इतिहाससँगै सेवाको महत्वसमेत बुझाउन प्रेरित गर्ने बताइन् ।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष रविचन्द्र श्रेष्ठले प्रदर्शनीमा राखिएका हुलाक टिकटमा इतिहासदेखि वर्तमानसम्मको अवस्था समेटिएको बताए । रिदिमा शाक्य, सायरा खड्का, सरु श्रेष्ठ, सागर भुसाल, किशोर शर्मा, प्रदीप बज्रचार्य, मिलन चन्द्र जोशी, दिनेशराज मस्के, केदार प्रधान, दिनेशप्रसाद आचार्य र दिपेन्द्ररत्न शाक्यले सङ्कलन गरेका हुलाक टिकट प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ४ : २२ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज