९ चैत्र २०८२, सोमबार | March 23, 2026

एमालेको विधान महाधिवेशन : आज समूहगत छलफल, थापाको फरक मत प्रवेशको सम्भावना



काठमाडौं । नेकपा (एमाले)को दोस्रो राष्ट्रिय विधान महाधिवेशन शनिबार दोस्रो दिनमा प्रवेश गरेको छ । शुक्रबार उद्घाटन सत्र सम्पन्न भएपछि आज विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सुरु हुने भएको हो ।

एमालेका अनुसार आजको सत्रमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिनेछन् । त्यसपछि प्रतिनिधिहरूले आ-आफ्ना समूहमा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसअघि पहिलो दिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन, पार्टीको कार्यदिशा र वर्तमानका चुनौतीबारे उल्लेख गरिएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको ३२ पृष्ठ लामो फरक मत प्रवेश पाउने सम्भावना रहेको छ । थापाले आफ्नो फरक मतमा पार्टी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता लगायतका संवेदनशील विषय उठाएका छन् । फरक मत प्रवेश भएपछि महाधिवेशनमा थप बहस चर्किने अनुमान गरिएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ नाराका साथ सुरु भएको महाधिवेशनमा देशभरबाट २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी जम्मा २,३४१ जना सहभागी भएका छन् । महाधिवेशनले विधान संशोधनमार्फत आगामी कार्यदिशा तय गर्नेछ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ७ : ३७ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल