१० माघ २०८२, शनिबार | January 24, 2026

धादिङमा बस र पेट्रोल ट्यांकर ठोक्किँदा १३ जना घाइते



धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, बादरेमोडस्थित पृथ्वी राजमार्गमा बस र पेट्रोल ट्यांकर ठोक्किँदा १३ जना घाइते भएका छन्।

काठमाडौंबाट बीरगन्जतर्फ गइरहेको धादिङ यातायात समितिको ना ४ ख २८९४ नम्बरको बस र बीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ३१३३ नम्बरको पेट्रोल ट्यांकर शुक्रबार ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बसमा ६० जना यात्रु सवार रहेका थिए।

घाइते भएकामध्ये २० वर्षीया सरिता चेपाङ, ४५ वर्षीय हरिबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ, १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नवीन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फुलमाया चेपाङ, ४९ वर्षीय विष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया, ३६ वर्षीया संगिता चेपाङ र १० वर्षीय अजय चेपाङ रहेका छन्। उनीहरू सबै बेनीघाट रोराङ–२ का हुन्।

घाइतेहरूलाई मलेखुस्थित राजमार्ग अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

बस चालक मकवानपुरको कैलाश गाउँपालिका–२ का ३१ वर्षीय जीवन राना र ट्यांकर चालक धादिङको थाक्रे गाउँपालिका–५ का ३५ वर्षीय बुद्ध थोकरलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ४ : ३३ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको