१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

ड्युटी मै ढले प्रहरी नायव निरीक्षक थापा, अस्पताल पुर्याउँदा मृत घोषणा



काठमाडौँ । नेपालगन्जमा ड्युटीमा रहेको अवस्थामा ढलेका एक प्रहरी निरीक्षकको मृत्यु भएको छ । ड्युटीमा खटिएकै बेला ढलेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) धन बहादुर थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा काजमा रहेर कार्यरत रहेका थापाको हृदयघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको कान्तिताल क्षेत्रमा ड्युटी गर्न खटिएका थापाको आज बिहान हृदयघातका कारण निधन भएको हो । ड्युटीमा रहका थापा हृदयघात भएर एक्कासी ढलेपछि उनलाई अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

सई थापा रोल्पा स्थायी घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा बस्दै आएका थिए । थापाको शव भेरी अस्पतालमा राखिएको छ । आजै अन्त्येष्टि गर्ने भनिएपनि विदेशमा रहेकी छोरी आउन ढिला हुने भएपछि भोली अन्त्येष्टि गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ५ : ३२ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज