लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमजुङ भ्रमणका क्रममा शहीद परिवारसँग भेटघाट गरेका छन् ।
मध्यपहाडी लोकमार्ग अभियानको क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका शहीद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका हुन्। उनले भट्टराईको तस्वीरमा माल्यार्पण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।
त्यसपछि प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उनले विद्यालयप्रति चासो व्यक्त गरे ।
त्यसक्रममा प्रचण्डसँग स्थानीय बासिन्दाको सहभागिता भएको थियो भने ठाउँ ठाउँमा स्थानीयले स्वागत पनि गरेका थिए ।


















प्रतिक्रिया